नागरिक उड्डयन प्राधिकरणले करारमा माग्यो २५ जना कर्मचारी

0 Shares

कामाठडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले करारमा नियुक्ति गर्नेसम्बन्धी सूचना जारी गरेको छ । प्राविधिक, समूहः ए.ट्रा.स., तहः सातौँ, पदः वरिष्ठ अधिकृतमा २५ जना कर्मचारी माग गरेको हो ।

स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीको सेवाका सर्त र सुविधा सम्बन्धी नियमावली, २०५६ को नियम ४, ११ बमोजिम बढीमा एक वर्षका लागि करार सेवामा नियुक्ति गरिने प्राधिकरणले जनाएको छ ।

योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित मितिले २१ दिनभित्र दरखास्त फाराम भर्न सूचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार