दक्षिण सुडानमा चार्टर्ड गरेको विमान दुर्घटना हुँदा २० जनाको मृत्यु

0 Shares

काठमाडौँ । दक्षिण सुडानमा विमान दुर्घटना भएको छ । उक्त विमान दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको प्रदेशका सूचना तथा सञ्चारमन्त्री गतवेच विपालले बुधबार जानकारी दिए ।

राजधानी जुबाका लागि उडेको विमान करिब साढे १० बजे युनिटी राज्यको तेल क्षेत्र नजिकै खसेको थियो । “विमान विमानस्थलबाट ५०० मिटर टाढा दुर्घटनाग्रस्त भयो, विमानमा २१ जना सवार थिए, अहिले त्यहाँ एक जना मात्र बाँचेका छन्,” गतवेच विपालले भने ।

ग्रेटर पायोनियर अपरेटिङ कम्पनी (जीपीओसी)ले चार्टर्ड गरेको र लाइट एयर सर्भिस एभिएसन कम्पनीले सञ्चालित उक्त विमान यस क्षेत्रमा नियमित उडानमा रहेको उनको भनाइ थियो ।

सम्बन्धित समाचार