बालेनले चीनलाई ठमेलमा कार्यक्रम गर्न अनुमति किन दिएनन् ?

0 Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चिनियाँ दूतावासको ठमेलमा चिनियाँ नयाँ वर्षको कार्यक्रम आयोजना गर्न अनुमति अस्वीकार गरेको छ।

दूतावासले जनवरी २६ देखि फेब्रुअरी २५ सम्म कार्यक्रम गर्न अनुमति माग्दै काठमाडौं महानगरलाई सह–आयोजक बन्न प्रस्ताव गरेको थियो।

महानगरले ट्राफिक व्यवस्थापन र अस्तव्यस्तता कारणले ठमेलको सट्टा चक्रपथ क्षेत्रको कलंकीदेखि महाराजगञ्जसम्म कार्यक्रम आयोजना गर्न सुझाव दिएको छ।

मेयर बालेन शाहका अनुसार, बाहिरी चक्रपथको सडक विस्तारमा चिनियाँ कम्पनीको ढिलाइले समस्या सिर्जना गरेको हो।

सम्बन्धित समाचार