0
Shares
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहेको छ ।
आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम सफा रहने सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने सम्भावना छ ।
बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।