दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, एक घाइते

0 Shares

काठमाडौं । कपिलवस्तुमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् ।

वाणगंगा नगरपालिका ११ स्थित भित्री सडक खण्डमा गएराति करिब साढे १० बजेतिर नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा यूपी ५५ ए एच ७०९० नम्बरको मोटरसाइकलमा चालक कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका ३५ वर्षीय नेहामन अली र लु १० प ४४९६ नम्बरको मोटरसाइकल चालक सैनामैना ४ बस्ने वर्ष २७ को रोमन थारु छन् ।

उनीहरूको अस्पतालमा उपचारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । दुर्घटनामा घाइते २६ वर्षीय अजय थारुको अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार