आज दुई प्रदेशमा वर्षाको सम्भावना, अरू स्थानको मौसम कस्तो ?

0 Shares

काठमाडौं । पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज पनि वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

गण्डकी प्रदेशको हिमाली भेगमा हिमपातको सम्भावना छ । अन्य ठाउँमा आंशिक बादल मात्र लाग्ने पूर्वानुमान छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ ।यसको प्रभावले देशका पहाडी भागमा आंशिक बदलीको अवस्था छ ।

सम्बन्धित समाचार