0
Shares
काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश सवार सरकारी नम्बर प्लेटको गाडी दुर्घटना भएको छ । न्यायाधीश नारायणप्रसाद रेग्मी सवार बीएबी ७१४६ नम्बरको गाडी दुर्घटना भएको हो ।
दुर्घटनामा परी ५४ वर्षीय न्यायाधीश रेग्मी र इलामको देउमाई नगरपालिका ४ का ६१ वर्षीय कृष्ण खनाल घाइते भएका छन् ।
तीव्र गतिमा रहेकाले गाडीको ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । गाडीमा चालकसहित पाँच जना सवार थिए ।