भैँसी चराउन गएका पुरुषलाई गैँडाले आक्रमण गर्दा मृत्यु

0 Shares

काठमाडौं । चितवनको माडीमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका ३ का करिब ५६ वर्षीय छविलाल बोटे रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राष्ट्रिय निकुञ्जसँगै रहेको रिउ खोलाको काँसघारीमा मंगलबार दिउँसो भैँसी चराउन गएका बोटेलाई गैँडाले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे जानकारी पाएसँगै इलाका प्रहरी कार्यालय माडीको टोली गएको थियो ।

सम्बन्धित समाचार