0
Shares
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ८४ दिनपछि प्रहरी हिरासतबाट मुक्त भएका छन्। तर, उनीमाथि लागेको वित्तीय अपराधबाट भने निर्दोष भएका छैनन्।
जिल्ला अदालत कास्कीले लामिछानेलाई रिहा भएलगत्तै पुनः पक्राउ गर्ने तयारी गरे पनि प्रहरी पछि हटेसँगै उनी हिरासत मुक्त भएका हुन्।
यसअघि जिल्ला अदालत कास्कीले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। धरौटी बुझाएर रवि रिहा भएका हुन्। उनीविरुद्ध काठमाडौंमा पक्राउ पुर्जी जारी भए पनि आफैं उपस्थित हुने भएका छन् ।