तिब्बतमा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

0 Shares

काठमाडौं ।  काठमाडौं उपत्यकामा मंगलबार बिहानै शक्तिशाली भूकम्प धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुन्धान केन्द्रका प्रमुख लोक विजय अधिकारीका अनुसार तिब्बतमा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। उनले थप जानकारी आउन बाँकी भएको जानकारी दिए।

बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । नेपालको अधिकांश स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ।

भूकम्प गएसँगै  काठमाडौं उपत्यकाका जनता सडकमा निस्किएका थिए।

 

सम्बन्धित समाचार