0
Shares
काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा मृत भेटिएकी युवतीसँगै बसेका युवक पनि मृत भेटिएका छन् ।
गत बुधबार होटलको ३०८ नम्बरको कोठामा २१ वर्षीय सुस्मिता खड्काको शव फेला परेको थियो । प्रहरी अनुसन्धानमा ओखलढुंगाका देवबहादुर थापासमेत युवतीसँगै होटलमा बसेका थिए ।
युवतीको शव फेला परेसँगै फरार युवक शनिबार ओखलढुंगाको सुनकोशी गाउँपालिका ३ सिस्नेरीमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
युवक जापानबाट फर्किएका थिए । मृत फेला परेकी युवती पनि जापनिज भाषा पढ्दै आएका थिइन् ।