काठमाडौँमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु, एक जना घाइते

0 Shares

काठमाडौँ । काठमाडौँ महानगर १६ गंगाहल नजिक बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

सु.प.प्र. ०२-००१ ख १३३० नम्बरको बसले प्रदेश ३-०२-००७ प ७६१० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक काठमाडौँ महानगर १६ माछापोखरी बस्ने १८ वर्षीय युनिक खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको हेम्स अस्पताल धुम्बाराहीमा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार