गाडीले ठक्कर दिँदा काठमाडौँमा बालकले गुमाए ज्यान

0 Shares

काठमाडौँ । जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका ६ मुलपानीमा गाडीको ठक्करबाट बालकले ज्यान गुमाएका छन् । बा ११ च ७६०९ नम्बरको हात्ती गाडीको ठक्करबाट उनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने महोत्तरी गौशला नगरपालिका १० घर भएका गणेश थापा मगरको नौ वर्षीय छोरा शिव थापा मगर रहेका छन् ।

मंगलबार दिउँसो दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार