काठमाडौँ उपत्यका प्रवेश गर्ने नागढुंगा नाका आंशिक बन्द हुने

0 Shares

काठमाडौँ । काठमाडौँ उपत्यका प्रवेश गर्ने मूल नाका नागढुंगा सडक आंशिक बन्द हुने भएको छ । सुरुङ मार्गको पश्चिमी पोर्टलअन्तर्गत धादिङको सिस्ने खोला क्षेत्रमा बिहीबारदेखि राजमार्ग आंशिक रुपमा बन्द हुने भएको हो ।

नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले आज एक विज्ञप्ति जारी गर्दै बिहीबार (२९ कात्तिकदेखि ५ मंसिर)देखि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक सडक बन्द हुने जानकारी दिएको हो ।

यस अवधिमा सडक २० मिनेट बन्द गरिने छ । त्यसपछिको २० मिनेट यातायात खुलाइने छ । सिस्ने खोलामा स्लोप कटिङ गर्ने काम जारी रहेकाले राजमार्ग बन्द हुने भएको हो ।

यस अवधिमा सवारी साधन रोक्दा लेन अनुशासन कायम राख्न आयोजनाको अनुरोध छ । ओभरटेक गरेमा कारबाही हुने जनाइएको छ ।

सम्बन्धित समाचार