0
Shares
काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिकामा करेण्ट लागेर नेपाली सेनाका लेसनायकको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा भीमफेदी ८ दोभानस्थित फास्ट ट्रयाक सडक निर्माण कार्यदल सिस्नेरी बेसक्याम्पमा कार्यरत डँडेलधुराको गन्यापधुरा गाउँपालिका १ घर भएका लेसनायक २९ वर्षीय पदमबहादुर दियाल छन् ।
उनको करेण्ट लागेर घटना स्थलमै मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । घाइते हुनेमा डँडेलधुराकै अमरगढी नगरपालिका २ का २९ वर्षीय लेसनायक विनोद केसी र पाल्पाको रामपुर नगरपालिका ६ घर भएका सिपाही २१ वर्षीय युवराज कुमाल छन् ।
उनीहरूको काठमाडौँस्थित छाउनी अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरका अनुसार बिहीबार बिहान सञ्चार उपकरणको पाइप गाड्ने क्रममा पाइपले हाइटेन्सन बिजुलीको तारमा छुँँदा करेण्ट लागेको हो ।