0
Shares
काठमाडौँ । काठमाडौंको सीतापाइलादेखि धादिङको धार्के जोड्ने सडक थप १५ दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले कार्तिक २३ गतेदेखि थप १५ दिन सडक बन्द हुने जानकारी दिएको हो ।
धार्के-ठूलोखोला खण्डमा दोस्रो लेयरको कालो पत्रेको काम सुरु भएकाले धार्के-सितापाइला सडक खण्ड यसअघि कात्तिक ४ गतेदेखि बन्द थियो ।
यो अवधिमा एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र हलुका सवारी साधन (चारपांग्रे)बाहेकका सबै सवारी साधनलाई पूर्ण रुपमा बन्द गरिएको छ ।
विकल्पका रुपमा गल्छी-विदुर-छहरे-टोखा वा धार्के-नौबिसे-नागढुंगा सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
