रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति

0 Shares

काठमाडौँ । सहकारीको बचत हिनामिना गरेको अरोपमा पक्राउ परेका पूर्वगृह मन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलले रविमाथि १० दिन म्याद थप्न आदेश दिएको हो । यसअघि जिल्ला सरकारी वकिल कार्यालयले २५ दिन म्याद थप गर्न अनुमति मागेको थियो ।

कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई यसअघि पहिलो पटक कात्तिक ४ गते पाँच दिनको म्याद थप गरेको थियो । दोस्रो पटक सात दिन म्याद थप गरेको थियो ।

सम्बन्धित समाचार