रविलाई थप २५ दिन हिरासतमा राख्न माग, उनी पक्ष अधिवक्ताले के भने ?

0 Shares

काठमाडौँ । पूर्वगृह मन्त्रीसमेत रहेका रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राख्न प्रहरीले समय माग गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले अनुसन्धान गर्न कास्की जिल्ला अदालतमा २५ दिनको म्याद मागेको हो ।

प्रहरीले २५ दिनको म्यान मागे पनि लामिछानेको पक्षबाट बहस गर्ने अधिवक्ताले अनुसन्धान भइसकेको दाबी गर्दै छाड्न माग गरेका थिए । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा उनको पक्षका अधिवक्ताहरू नारायण घिमिरे, नारायण कँडेल, सुशील पन्तलगायतले बहस गरेका थिए ।

अदालतमा म्याद थप गर्ने वा नगर्ने भन्नेबारेमा पक्ष विपक्षबीच छलफल भइरहेको छ । यसैबीच न्यायाधीशले आदेश सुनाउन बाँकी छ । लामिछानेलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार