रविलाई हिरासतमा राख्नेबारे चलेको बहस सकियो, म्याद थप होला ?

0 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको म्याद थपबारे चलेको बहस सकिएको छ ।

मंगलबार कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा म्याद थपबारे बहस भएको थियो । बहस सकिए पनि म्याद थपबारे निर्णय आउन बाँकी छ ।

कात्तिक २ गते काठमाडौँको पार्टी कार्यालयबाट पक्राउ परेका पूर्वगृह मन्त्रीसमेत रहेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार