काठमाडौँमा स्कुटर दुर्घटना हुँदा युवकले गुमाए ज्यान

0 Shares

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका ८ माकलबारीमा गएराति बा प्र ०२–०१४ प २७२६ नम्बरको स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गोकर्णेश्वर नगरपालिका ७ दक्षिण ढोका बस्ने सिन्धुपाल्चोक स्याउले घर भएका २१ वर्षीय दिनेश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शङ्खरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको हो ।

सम्बन्धित समाचार