आज पाँच प्रदेशमा वर्षाको सम्भावना, अन्य स्थानको मौसम कस्तो ?

0 Shares

काठमाडौँ । देशभर पश्चिमी, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको मणिपुर आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा र बाँकी पहाडी भागका थोरै स्थान तथा तराई भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार