बाख्रालाई जोगाउन खोज्दा गाडी दुर्घटना, १० जना घाइते

0 Shares

काठमाडौँ । पश्चिम नवलपरासीको सुस्तामा देउसी भैलो खेल्ने समूह बोकेर हिँडेको गाडी दुर्घटना भएको छ । घटनामा १० जना घाइते भएका छन् ।

आज साँझ सुस्ता गाउँपालिका ३ बिगेपस्थित भित्री सडक खण्डमा लु ३ च ६०३२ नम्बरको पिकअप गाडी दुर्घटना भएको हो । देउसी भैलो टोली बोकेर हिँडेको पिकअप गाडीले बाख्रालाई जोगाउने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

घाइतेमध्ये चार जनाको अवस्था मध्यम र ६ जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । घाइतेलाई उपचारका लागि सहिद स्मृति अस्पताल चौपत्ता लगिएको छ ।

सम्बन्धित समाचार