सरकारले गठन गर्यो भुमि आयोग अध्यक्षमा रिजाल

0 Shares

काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग गठन गरेको छ । सिंहदरबारमा मंगलबार बेलुका बसेको मन्त्रीपरिषद् बैठकले भुमि आयोग गठन गरेको हो । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी नयाँ आयोग गठन भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरदसिंह भण्डारीले प्यूठानका हरिप्रसाद रिजालको नेतृत्वमा आयोग गठन गरेको जानकारी दिए । रिजालको अध्यक्ष रहेको आयोगमा सनतकुमार कार्की, गुञ्जकुमार खड्का, अनिलकृष्ण प्रसाइँ, जगतबहादुर बस्नेत, टेकबहादुर शाह, गोबर्द्धन कोली र आरती भण्डारी सदस्य रहेको उनले बताए । यसअघि आयोग गठनका लागि गठन आदेश समेत मन्त्रिपरिषदबाट जारी भएको थियो । अब सोही आदेश अनुसार आयोगले काम गर्नेछ ।

आयोगका अध्यक्ष रिजाल एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदको उम्मेदवार थिए । तर पाल्पाका राधाकृष्ण कँडेलसँग पराजित भएका थिए ।
नेकपा एमालेसँग गठबन्धन गरेपछि ८ चैत २०८० मा तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कांग्रेस नेता केशव निरौला नेतृत्वको राष्ट्रिय भूमि आयोग खारेजीको निर्णय गरेको थियो ।

 

सम्बन्धित समाचार