नर्सिङ लाइसेन्स परीक्षामा जम्मा ४० प्रतिशत मात्रै उत्तीर्ण

0 Shares

काठमाडौँ । नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको ३७ औँ नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा जम्मा ४० प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका छन् ।

परिषद्का अनुसार पीसीएल र बीएस्सी नर्सिङ गरी एक हजार २४९ जना परीक्षार्थी सहभागी भएका थिए । जसमा पाँच सय परीक्षार्थी उत्तीर्ण भएका हुन् ।

पीसीएल नर्सिङतर्फ ९५५ जनाले परीक्षा दिँदा ३३१ जना (३४.६९ प्रतिशत) उत्तीर्ण भए । त्यस्तै बीएस्सी नर्सिङतर्फ २९८ जनाले फारम भरेकोमा २९४ जना परीक्षामा सहभागी भएका थिए । जसमा १६९ जना (५७.४८ प्रतिशत) उत्तीर्ण भएका छन् ।

उत्तीर्ण परीक्षार्थीलाई कात्तिक २५ गतेदेखि प्रमाणपत्र वितरण गर्ने परिषद्ले जनाएको छ । त्यसका लागि एक हजार दुई सय रुपैयाँ शुल्क तोकिएको छ ।

सम्बन्धित समाचार