0
Shares
काठमाडौँ । कपिलवस्तुमा अटो रिक्सालाई जिपले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा बुद्धभूमि नगरपालिका १० जनकपुरका ७२ वर्षीया सरस्वती पासी र ७५ वर्षीय सावर केवटको मृत्यु भएको हो ।
बुद्धभूमिमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा प्र ०१-०२९ च ९१५० नम्बरको जिपले विपरीत दिशाबाट आइरहेको लु १ ह ३०९२ नम्बरको रिक्सालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते पासीलाई उपचारका लागि तौलिहवा लैजाँदा र अर्का घाइतेलाई उपचारका लागि बुटवल लैजाँदा बाटोमा मृत्यु भएको हो ।
दुर्घटनामा अटो चालक लोकबहादुर कुँवरसहित विद्यावती पासी, भानमती पासी र जवाहिर अहिर घाइते भएका छन् । उनीहरूको बुटवलमा उपचार भइरहेको छ ।