0
Shares
काठमाडौँ । सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आज अदालत लैजाने भएको छ ।
लामिछानेसँगको बयान नसकिएकाले हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप माग्ने प्रहरी र सरकारी वकील कार्यालयको तयारी गरेको छ । लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेस गरिने कास्की प्रहरीले जनाएको छ ।
उनले अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेको छ । लामिछानेले बयानका क्रममा समन्वय गर्दै आएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका लामिछानेलाई गत शुक्रबार पार्टी कार्यालयबाट पक्राउ गरी पोखरा लगिएको थियो ।