0
Shares
काठमाडौँ । रुपन्देहीमा प्रहरीले अवैध रूपमा ल्याइएका ३० वटा आइफोन बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले ओमसतिया गाउँपालिका ४ बालापुरबाट मोबाइलसहित सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी निकासी गरेको अवस्थामा मोबाइलसहितका सामान बरामद गरिएको हो ।
अन्दाजी ११ लाख ५१ हजार मूल्य बराबरको सामान बरामद गरिएको छ । बरामद गरिएका सामानमा ३० वटा आइफोन, जुत्ता ७० जोर, चकलेट आठ कार्टुन बुकी पेपर चार बोरा रहेका छन् ।
बरामद सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ ।