0
Shares
काठमाडौँ । धनुषामा करेण्ट लागेर युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हँसपुर नगरपालिका ६ टिल्हीका २२ वर्षीय अरबिन्दकुमार मण्डल छन् ।
प्रहरीका अनुसार सोमबार साँझ जनरेटरमा तार जोड्ने क्रममा ११ हजार भोल्टेजको बिजुलीको तारमा छुँदा मण्डलको मृत्यु भएको हो ।
छिमेकीको पूजाका लागि जेनेरेटरको लाइन जोड्ने क्रममा करेण्ट लागेको थियो । उद्धार गरेर तुरुन्तै उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।
घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।