अरिङ्गालले टोक्दा घाइते भएका साउदको पनि मृत्यु

0 Shares

काठमाडौँ । बाजुराको बडीमालिका नगरपालिकामा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते एक जनाको उपचारका क्रम मृत्यु भएको छ ।

असोज २५ गते अरिङ्गालले टोकेर घाइते सोही नगरपालिका ५ मनाका ६० वर्षीय डम्मबहादुर साउदको मृत्यु भएको हो । भारतको मुम्बइ सेन्टरस्थित नायर अस्पतालमा उपचारका क्रममा दश दिनपछि उनको मृत्यु भएको आफन्त नरेन्द्र थापाले जानकारी दिए ।

असोज २५ गते घरबाट करिब आधा घण्टाको दूरिमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैँसी गोठ (छानो) नजिकै अरिङ्गालले बनाएको घार भत्काउन खोज्दा टोकेर उनी गम्भीर घाइते भएका थिए ।

उपचारका लागि जिल्ला अस्पताल बाजुरा हुँदै प्रादेशिक अस्पतालमा सम्भव नभएपछि उनलाई भारत लगिएको थियो । घटनामा स्थानीय ६५ वर्षीय अङ्गे बडुवालको घटना स्थलमै मृत्यु भएको थियो ।

सम्बन्धित समाचार