0
Shares
काठमाडौँ । पूर्व गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ । कास्की जिल्ला अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले उनमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न भन्दै म्याद थपका लागि अदालत लगेको थियो ।
शुक्रबार काठमाडौँस्थित पार्टी कार्यालयबाट पक्राउ परेको उनलाई शनिबार बिहान ३ बजे पोखरा पुर्याइएको थियो । उनी पक्राउ परेसँगै रास्वपाका नेता तथा कार्यकर्ता आक्रोशित बन्दै आन्दोलन गरिरहेका छन् ।