0
Shares
काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराउने भएको छ ।
शुक्रबार पक्राउ पुर्जी जारी गरी पार्टी कार्यालयबाट नियन्त्रणमा लिएर रातारात पोखरा लगिएको थियो । भोलिपल्ट शनिबार परेकाले उनलाई आज आइतबार मात्रै अदालतमा उपस्थित गराउन लागिएको हो ।
नेपालगञ्जबाट न्यायाधीश कृष्णजंग शाह हतारमा पोखरा आएलगत्तै पक्राउ पुर्जी जारी गरिएको थियो । रविलाई आज अदालतमा उपस्थित गराइने भएपछि विरोध तथा समर्थनमा दुवै पक्षले दबाबका लागि उपस्थित हुन आह्वान गरेका छन् ।
रास्वपाका शीर्ष नेताहरु पोखरामा पुगेर शनिबारदेखि प्रदर्शन तथा दबाब कार्यक्रम गरिरहेका छन् ।