बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु

0 Shares

काठमाडौँ । झापामा सवारी दुर्घटनाका एक जनाको मृत्यु भएको छ । कमल गाउँपालिका ५ स्थित रवि पेट्रोल पम्पअगाडि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र- १-०१-००१ ख ३४३५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका ७ का पदम मुकारुङ राई रहेको प्रहरीले जनाएको छ । घटनापछि आक्रोशित स्थानीयले बसमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन् ।

घटनापछि मृतकको शव सडकमै राखेर स्थानीयले विरोध जनाएका थिए । जसका कारण पूर्व पश्चिम राजमार्ग केही समय अबरुद्ध भएको थियो ।

 

सम्बन्धित समाचार