चाडपर्वमा पनि विदेशिने क्रम घटेन, कुन देशमा कति गए ?

0 Shares

काठमाडौँ । चाडपर्वका बेलामा वैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर बढिरहेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार गत असोजमा श्रम स्वीकृति लिएर ५३ हजार ५२५ जना विदेशिएका छन् । जसमा १७ हजार ७२४ जना दुबई, १० हजार ४६८ जना साउदी, नौ हजार ७९८ जना कतारमा, तीन हजार ८०७ कुबेत र एक हजार ३१४ जना मलेसिया गएका छन् ।

यसैगरी, असोजमा युरोपेली मुलुक रोमानिया क्रोएशिया, साइप्रस, माल्टा र पोर्चुगल जानेको संख्यामा पनि वृद्धि भएको छ । गत भदौमा ५७ हजार ४९३ जना नेपाली रोजगारीका लागि विदेशिएका थिए ।

सम्बन्धित समाचार