0
Shares
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २८ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती १ बालुवाडाँडास्थित भित्री सडकमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटना भएको हो ।
घाइतेलाई नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पताल लगिएको छ । क्षमताभन्दा बढी यात्रु बोकेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ । मृतक तथा घाइतेको विवरण प्राप्त भएको छैन ।