0
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय वनस्थली पुगेको छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो । पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई पक्राउ गर्न पार्टी कार्यालयमा प्रहरी पुगेको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनले भने, “हामी कानूनी राज्यको सम्मान गर्छौं, हामी सहज रूपमा गिरफ्तारी दिन्छौँ, प्रतिकार गर्दैनौँ ।”
सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।