बीपी राजमार्गमा राति सवारी साधन चलाउन बन्द

0 Shares

काठमाडौँ । सडक डिभिजन कार्यालय भक्तपुरले बीपी राजमार्गमा राति सवारी साधन चलाउन रोक लगाएको छ ।

रोशी खोलाको बाढीले विभिन्न खण्डमा सडक बगाएपछि वैकल्पिक ट्र्याक निर्माण गरी सोमबारदेखि आवागमन खुलाइएको थियो ।

सडक डिभिजन भक्तपुरले आज सार्वजनिक सूचना जारी गरी भकुण्डेबेसी चौकीडाँडादेखि वर्षेखोलासम्म ट्र्याक निर्माण भए पनि मर्मत तथा सुधार गरी यात्रा थप सुरक्षित बनाउने काम भइरहेको जनाएको छ ।

जसले गर्दा जुनसुकै समयमा उक्त खण्डमा सुक्खा पहिरो झर्ने सम्भावना हुँदा बेलुकी ६ बजेदेखि बिहानको ४ बजेसम्म धुलिखेल-भकुण्डेबेसी-वर्षेखोला सडकखण्ड बन्द रहने जनाएको हो ।

उक्त सडक खण्ड सञ्चालनमा आएसँगै अहिले बीपी राजमार्ग भएर काठमाडौँ भित्रिने सवारी साधनको चाप बढेको छ ।

सम्बन्धित समाचार