काठमाडौँ । एनएमबि बैंकले पनि कात्तिक महिनाका लागि असोज महिनाकै ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिकमा निक्षेपकर्तालाई मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याज दिनेछ ।
त्यस्तै, साधारण बचतमा बैंकले असोजकै ब्याजदरलाई कात्तिकमा पनि निरन्तरता दिएको छ । बैंकले न्यूनतम ३.०२ प्रतिशतदेखि अधिकतम ४.५२ प्रतिशत ब्याजदर तोकेको छ ।
प्रभु बैंक लिमिटेडले कात्तिक महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.१० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजदर दिनेछ । त्यस्तै, बैंकले कात्तिकमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
त्यस्तै, ग्लोबल आईएमई बैंकले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छैन । बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी विभिन्न खाताको अधिल्लो महिना कै ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याज दिएको थियो । त्यस्तै, साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ३.५० प्रतिशत ब्याजदर तोकेको छ भने ग्लोबल रेमिट बचत खातामा भने ४.५० प्रतिशत ब्याज प्रदान गर्नेछ ।
त्यस्तै, एभरेष्ट बैंकले पनि कात्तिकका लागि ब्याजदर सार्वनिक गरेको छ । बैंकले गत महिनाकै मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत यथावत रहेको छ । बैंकले कात्तिकमा साधारण बचत खातामा ३.०५ प्रतिशत ब्याज प्रदान गर्नेछ ।
त्यस्तै, कुमारी बैंकले पनि कात्तिकमा नयाँ ब्याजदर कायम गरेको छैन । बैंकले गत महिनाकै मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.०१ प्रतिशत र संस्थागततर्फ ५.०१ प्रतिशतलाई काक्तिकमा पनि यथावत राखेको छ । साधारण बचत खातामा ४.५१ प्रतिशत ब्याज दिनेछ ।