गाईसँग ठोक्किँदा मोटरसाइकलमा सवार एकको मृत्यु

0 Shares

काठमाडौँ । सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका ८ का ५० वर्षका महेश पौडेल रहेका छन् ।

सोमबार साँझ साढे ६ बजेतिर दैलेख चोकबाट आउँदै गर्दा कालिन चोकमा भे ५ प ४०४२ नम्बरको मोटरसाइकल गाईसँग ठोक्किँएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो ।

अस्पतालमा उपचारका क्रममा राति आठ बजे उनको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले जानकारी दिए ।

 

सम्बन्धित समाचार