सडक मर्मत भएपछि पाथीभरामा बढ्यो चहलपहल

0 Shares

ताप्लेजुङ । सडक अवरुद्ध हुँदा सुनसान भएको पाथीभरा पछिल्लो समयमा तीर्थयात्रीको संख्या बढ्दै गएको छ ।

सडक मर्मत गरी सुरु भएसँगै पाथीभरामा आउने तीर्थयात्रीको संख्या बढेको हो । ताप्लेजुङको पाथीभरा मन्दिरसम्मको सडक अस्थायी रूपमा सुरु भएपछि स्थानीय होटल व्यवसायी र यातायात व्यवसायी उत्साहित भएका छन् ।

लगातार वर्षाका कारण अवरुद्ध रहेको मेची राजमार्ग, तमोर करिडोर र पाँचथर सडक खण्ड खुलेसँगै तीर्थालुको चहलपहल बढेको हो ।

असोज १२ देखि विभिन्न खण्डमा यातायात ठप्प भएको थियो । हेंवाखोलामा बेलिब्रिज बगाएपछि पाँचथर र ताप्लेजुङबीचको आवागमन बन्द भएको थियो । तमोर करिडोरको नावाखोलामा पनि पानीको सहत बढेपछि यातायात सञ्चालन असहज बनेको थियो ।

सञ्चालनमा आएसँगै स्थानीय व्यवसायीले तीर्थालुको आगमन सुरु भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

सम्बन्धित समाचार