0
Shares
काठमाडौँ । जुम्लामा यस वर्षको दशैँको समयमा मात्रै १६ करोडभन्दा बढीको भेडा, खसीलगायतको कारोबार भएको छ ।
चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट मात्रै १६ करोड ३२ लाख ३१ हजारको भेडा, खसी, बोका तथा राँगाभैँसीको बिक्री वितरण भएको जानकारी दिए ।
शाखा प्रमुख रावलका अनुसार जिल्लाकै भेडापालक किसान र बाहिरबाट ल्याइएका समेत गरेर सात हजार ९२८ भेडा तथा खसी बिक्री भएका छन् ।
यस्तै, १५ करोड २३ लाख २३ हजारका भेडा, ७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजारका राँगा तथा भैँसी खरिद बिक्री भएका छन् ।
तिब्बती भेडा च्याङ्ग्रा ल्याउन छाडेपछि जुम्ली भेडा, खसी बोका मात्रै बिक्री वितरण हुने गरेका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन् ।