सोमबार राति फर्काएका रात्री बस कहिले जाने टुङ्गो छैन

0 Shares

काठमाडौं  । गत बिहीबार रातीदेखि तीनसम्म परेको अविरल वर्षाका कारण काठमाडौँ आवत जावत गर्ने सबै बाटाहरु भत्किएका छन् । सबैभन्दा बढी गाडीको अवात जावत गर्ने धादिङको गजुरीमा ठुलो ढुङ्गा खस्दा सोमबार राती हिडेका रात्री बसलाई काठमाडौैमै फिर्ता गराइयो ।

गजुरीमा गएको पहिलो पन्छाएपछि मंगलबार विहान एकतर्फी गाडी चल्न थालेको प्रहरीले जनाएको छ । अहिले साना गाडि मात्रै चल्न दिएको छ । रात्री बस चल्ने नचल्ने कुने निश्चित भई सकेको छैन ।

उता नवलपरासीको बर्दाघाट दाउन्नेमा पहिरोसँगै बाटो भासिएर आवागमन अबरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा बाटो अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेको नलपरासी प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार