चणिकलाललाई डेढ लाख नगदसहित बागमती सरकारले सम्मान गर्ने

0 Shares

काठमाडौं ।
ललतपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलामा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका काभ्रेका चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले सम्मान गर्ने भएको छ । चणिकलाललाई डेढलाख रुपैयाँ नगदसहित सम्मान गर्ने घोषणा प्रदेश सरकारले गरेको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको जानकारी दिए।
काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले गत शनिबार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ बर्षीया मेघना साह र राजुका भाइ २२ बर्षीय राज साहको उद्दार गरेका थिए।

सम्बन्धित समाचार