नागढुंगामा खस्यो पहिरो, यातायात पूर्ण अवरुद्ध

0 Shares

काठमाडौँ । चन्द्रागिरि नगरपालिका २ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौँ-मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

आज बिहान १२ः२० पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । नागढुंगा प्रहरीका ड्युटी अफिसर प्रहरी सहायक निरीक्षक दीपकबहादुर धानुकका अनुसार पहिरोले यातायात ठप्प भएको हो ।

योसँगै उपत्यकाभित्र र बाहिर कुनै पनि सवारी साधन पास हुन सकेका छैनन् ।

सम्बन्धित समाचार