सहकारीको साढे एक अर्ब हिनामिना गर्ने एमालेबाट विजयी मेयर पक्राउ

0 Shares

काठमाडौँ । इमेज सहकारीको अर्बौं रकम ठगी गरी फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको दिल्ली विमानस्थलमा पक्राउ परेका छन् ।

यसअघि इन्टरपोलले उनलाई रेड नोटिस जारी गरेको थियो । इन्टरपोलसँगको समन्वयमा उनी पक्राउ परेका हुन् ।

करिब १५ सय बचतकर्ताको उजुरीका आधारमा प्रहरीले एक अर्ब ३३ करोड ९२ लाख ५० हजार रुपैयाँ बिगो कायम गर्दै सरकारी वकिलको कार्यालयमार्फत २०८० असारमा मेयर नेपालीसहित १० जनाविरुद्ध ठगी मुद्दा दायर गरेको थियो ।

यो मुद्दा हाल बागलुङ जिल्ला अदालतमा विचाराधीन छ । उनी नेकपा एमालेबाट राजनीति गर्दै गत स्थानीय तहको निर्वाचनमा मेयर विजयी भएका थिए ।

सम्बन्धित समाचार