पहिरो खसेपछि काठमाडौँ आउजाउ गर्ने मुख्य सडक ठप्प

0 Shares

काठमाडौँ । रातिदेखि परेको अविरल वर्षासँगै पहिरो जाँदा काठमाडौँ प्रवेश गर्ने मुख्य राजमार्ग नौबिसे–काठमाडौं सडक ठप्प भएको छ ।

सुरुङमार्ग नजिकै लेदोसहित पहिरो गएपछि सडक ठप्प भएको हो । पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । बाटो बन्द हुँदा यात्रुहरू बीच बाटोमा रोकिएका छन् ।

अहिले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यसअघि अत्यधिक वर्षाले पहिरो झरेर क्षति पुग्न सक्ने भएकाले यही ११–१२ गते दुई दिन हिमाली र पहाडी जिल्लामा रात्रि बस नचलाउन सरकारले अनुरोध गरेको थियो ।

सम्बन्धित समाचार