0
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली कतारको दोहा पुगेका छन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क जाने क्रममा दोहा पुगेका हुन् ।
प्रधानमन्त्री ओली स्थानीय समयअनुसार दिउँसो १ बजेर ३५ मिनेटमा दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् ।
उनलाई विमानस्थलको विशिष्ट कक्षमा कतारका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरुले स्वागत गरेका थिए ।