0
Shares
काठमाडौँ । केपी शर्मा ओली अमेरिका प्रस्थान गरेसँगै नेपाली कांग्रेसबाट उपप्रधान तथा शहरी विकास मन्त्री बनेका प्रकाशमान सिंहले कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शुक्रबार बिहान अमेरिका प्रस्थान गरेका हुन् । उनी अमेरिका प्रस्थान गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहको जिम्मेवारी दिएका हुन् ।
प्रधानमन्त्री ओली स्वदेश नफर्किंदासम्म सिंहले दैनिक प्रशासनिक काम सम्हाल्ने भएका छन् । ओली आगामी असोज १४ गते स्वदेश फर्किने कार्यक्रम छ ।