अखिल क्रान्तिकारीको सम्मेलन सर्यो

0 Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन सरेको छ । असोज २ गतेदेखि ५ गतेसम्म प्रज्ञा भवनमा गर्ने भनिएको सम्मेलन बुधबार संगठनको आधिकारिक बैठकले नयाँ मिति तोक्ने भएको हो ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष नारायण खनालले बुधबार संगठनको बैठकले सम्मेलन सार्ने लगभग निश्चित भई सकेको बताए । ‘हामीले निर्धारित मितिमै सम्मेलन गने तयारी गरेका थियौं । केही जिल्ला र प्रदेशको सम्मेलन पूरा हुन सकेन । त्यसैले केही दिन सर्ने देखियो’ उनले भने, ‘तर, सम्मेलन सरेका विषयमा भने बुधबार बस्ने संगठनको बैठकले आधिकारिक रुपमा निर्णय गर्ने छ ।’

अहिले अखिल क्रान्तिकारीका प्रदेश,जिल्ला र इकाइमा सम्मेलन भई रहेका छन् ।

सम्बन्धित समाचार