सत्तामा जानेबारे छलफल गर्न नेकपा एसको बैठक बस्दै

0 Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्ने भएको छ । बैठक बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो ।

बैठकमा नयाँ गठबन्धमा सहभागी हुने वा नहुने भन्नेबारे छलफल हुने बताइएको छ । यसअघि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले अध्यक्ष माधव नेपालको घरमा पुगेर सत्ता गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए ।

आजै बिहान प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग समेत छलफल गरेका थिए ।

सम्बन्धित समाचार