उकालो लागेको नेप्सेमा गयो पहिरो

0 Shares

काठमाडौं । लगातार उकालो लागेको नेप्सेमा आज ठूलो पहिरो गएको छ । आइतबार नेप्से ७९.८८ अङ्कले घटेर २८९४.५७ विन्दुमा पुगेको हो ।

आइतबार ३३३ कम्पनीको कूल चार करोड २६ लाख ८६ हजार ६४० कित्ता शेयर दुई लाख १८ हजार ५७८ पटक कारोबार भएको थियो । जुन १९ अर्ब ७४ करोड ६ लाख मूल्यमा खरिद बिक्री भएका छन् ।

त्यस्तै, आज विन नेपाल लघुवित्त, उपकर लघुवित्त र आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यता, मन्दाकिनी हाइड्रोको सबैभन्दा बढी ९.९१ प्रतिशतले घटेको छ ।

आज कारोबारको हिसाबले सबैभन्दा बढी अपी हाइड्रोको ८४ करोड ६८ लाख १७ हजार ३४७ को रकम बराबरीको खरिद बिक्री हुँदा अपिकै सबैभन्दा बढी २२ लाख ७८ हजार ७८७ कित्ता शेयर कारोबार भएको छ ।

सम्बन्धित समाचार